अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो
annapurnapost.com · Mon Oct 23 17:16:43 GMT 2023
काठमाडौं : आइसीसी एक दिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध शानदार जित हात पारेको छ। भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो।
पाकिस्तानले दिएको २८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर अगावै पूरा गर्दै दोस्रो जित दर्ता गराएको छ। अफगानिस्तानका लागि रहमत शाहले अविजित ७७ रन र कप्तान हसमतुल्लाह शहिदीले अविजित ४८ रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)