राष्ट्रिय सभा निर्वाचन भोलि : अध्यक्षका लागि माओवादीबाट दाहाल र कांग्रेसबाट शर्मा उम्मेदवार
rajdhanidaily.com · Sun Mar 10 23:07:54 GMT 2024
काठमाडौं । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन २९ फागुनमा हुँदै छ । आज (सोमबार) उम्मेदवारी दर्ता र भोलि (मंगलबार) निर्वाचन हुने कार्यतालिका सार्वजनिक भइसकेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन तोकिएपछि राजनीतिक दलले उम्मेदवार चयन गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)