मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिले संविधान उल्लंघन गरेर राष्ट्रिय एकता खोज्ने होइन

ekantipur.com · Tue Sep 20 18:37:02 GMT 2022

काठमाडौँ — नेपालको राष्ट्रपति भनेको संवैधानिक राष्ट्रपति हो । संसदीय पद्धतिको राष्ट्रपति हो । राष्ट्रपतिले गरेका काम कारबाहीहरु या त प्रधानमन्त्रीको सल्लाह र परामर्शमा गरेको हुन्छ या कुनै संवैधानिक अंग वा निकायको सिफारिसमा गरेको हुन्छ । अन्य अवस्थामा राष्ट्रपतिबाट औपचारिक वा अनौपचारिक जे जति काम हुन्छ सबै सरकारको सिफारिसमा गरिएको हुन्छ । त्यो सिफारिस प्रधानमन्त्रीमार्फत प्रस्तुत गरिएको हुन्छ भन्ने संसदीय सिद्धान्त हो ।

त्यो सिद्धान्त हुँदाहुँदै पनि केही विषयमावस्तुमा राष्ट्रपतिलाई झिनो अधिकारहरु संविधानले दिएको छ । संवैधानिक राष्ट्रपति भएपनि स्वतन्त्र रुपमा अधिकार प्रयोग गर्न सक्ने अवस्था छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)