समय दिएर फर्कियो बारामा घर भत्काउन पुगेको वनको टोली
annapurnapost.com · Mon Sep 28 12:19:02 GMT 2026

सिमरा : पथलैया–हेटौडा सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर नजिक पुनःनिर्मित घरटहरा भत्काउन सोमबार बिहान पुगेको डिभिजन वन कार्यालयको टोली फर्किएको छ। सुरक्षाकर्मी र वनरक्षकसहित डोजर लिएर पुगेको वन कार्यालयको टोली जनप्रतिनिधि र स्थानीयको आग्रहपछि फर्किएको हो।
जनप्रतिनिधि र स्थानीयले चाडपर्वको समयमा घरटहरा नभत्काउन र चाडपर्वपछि छलफल गरेर मात्रै आवश्यक कदम अघि बढाउन आग्रह गरेका थिए। स्थानीयको उठीबास लगाउन नहुने तर्क गर्दै उनीहरुले चाडपर्वपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल गरेर पुल नजिकका घरटहरा हटाउने वा राख्ने भन्ने विषयमा छलफल गर्नुपर्ने भनाइ राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)