यसपटक हङकङ सिक्सेसमा नेपालले नखेल्ने
annapurnapost.com · Mon Sep 28 12:29:49 GMT 2026
काठमाडौं : हङकङ सिक्सेस प्रतियोगिताको यो संस्करणमा नेपालले सहभागिता नजनाउने भएको छ। सोमबार आयोजकले आफ्नो आधिकारीक सामाजिक सञ्जालमा सहभागि टिमहरु सार्वजनिक गरेको हो।
आयोजकले सार्वजनिक गरेको चार्टमा नेपालको नाम छैन। यस प्रतियोगितामा भारत, श्रीलंका, हङकङ, ओमान, स्कटल्यान्ड, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया, अफगानिस्तान, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन्। प्रतियोगिता अक्टोबर ३० देखि नोभेम्बर १ मा सकिन्छ। यो प्रतियोगितासँग नेपाल प्रिमियर लिग (एनपीएल) को तालिका जुधेको छ। एनपीएल अक्टोबर २६ देखि सुरु हुने भएपछि नेपालले यस प्रतियोगितामा सहभागिता नजनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)