विनोद चौधरी नवलपरासीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
annapurnapost.com · Mon Sep 28 12:33:10 GMT 2026

परासी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट १५ औै महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्। चौधरी मधेसी कलस्टरबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्। सोही कलस्टरबाट उमेशचन्द्र यादव पनि सर्वसम्मत निर्वाचित भएका छन् । यादव प्रतापपुर गाउँपालिकाका अध्यक्ष हुन्।
चौधरी उक्त निर्वाचन क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवारी बनेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचित भएपनि गत निर्वाचनमा भने उनी पराजित भएका थिए। उक्त निर्वाचन क्षेत्रबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन हुने भएपनि विभिन्न कलस्टरबाट ७५ जनाको उम्मेदवारी परेको छ। जसमा विभिन्न कलष्टरबाट ८ जना महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भइसकेका छन्। सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न कलष्टरमा सोमबार मतदान भएको छ। मत परिणाम सोमबार राति अबेरसम्म आउन सक्ने निर्वाचन अधिकृत एंव अधिवक्ता प्रकाश न्यौपानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)