गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
kendrabindu.com · Sun Jun 07 11:39:17 GMT 2026

दशरथचन्द (बैतडी) । जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन् । यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन् ।
यस क्रममा पाटन नगरपालिका–५ मा रहेको डिम्यौडा टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ । दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिम्यौडा भन्ने गरिएकाले नाम परिवर्तन गरिएको वडाअध्यक्ष फुनिसिंह बोहराले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)