मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा पुल निर्माण

barnanmedia.com · Mon Aug 18 21:46:04 GMT 2025

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ फेदीखोलामा पुल निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा स्टिलट्रस पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माणका लागि आयोजनाले गत साउन ३० गते बोलपत्र आह्वान गरी बोलपत्र दर्ता गर्ने अन्तिम मिति आगामी असोज १२ गतेसम्म निर्धारण गरिएको छ । आयोजनाको डुबान क्षेत्रका सर्वसाधारणको सहजताका लागि ५५ मिटर लम्बाइको पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । पुल नहुँदा खोला वारपार गर्न सर्वसाधारणलाई असहजता हुँदै आएकाले पहल थालिएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)