मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखरामा खुला पर्वतीय दौड हुने

barnanmedia.com · Mon Aug 18 21:48:37 GMT 2025

पोखरामा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । पोखराको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने तथा खेलका माध्यमबाट खेल पर्यटन प्रवर्द्धनका लागि दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता आयोजना हुने जानकारी दिइएको हो । पोखरा–२२ स्थित विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर दौड समापन हुने आयोजक पोखरा क्लिका अध्यक्ष दीननाथ बरालले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)