सुनसरी घटनापछि मध्यरातमा प्रधानमन्त्री शाह : उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला
nagariknews.nagariknetwork.com · Tue Jul 28 18:33:14 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै संयमित हुन सबैलाई आग्रह गरेका छन्। मंगलबार मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुनसरीको घटनाले मानवता र सामाजिक सद्भावमा आघात पुगेको बताए।
प्रधानमन्त्री शाहले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिलाउने प्रतिबद्धता जनाए। उनले भने, ‘सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ। फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)