उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला
barnanmedia.com · Mon Aug 18 21:52:48 GMT 2025

बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् ।
राजनीतिमा सक्रिय बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ भन्ने सोचसहित स्थानीय सामग्रीको सदुपयोग गरी विभिन्न किसिमका अचारका परिकार बनाएर बजारीकरण गर्ने योजना बनाएको बताउनुभयो । “त्यसपछि घरमा विभिन्न थरीका अचार बनाउन थालेँ । विस्तारै बजारीकरणमा पहल थालेपछि अचारले राम्रो बजार पायो र यसलाई निरन्तरता दिन थालेकी हुँ”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)