पर्वतीय दौड सफल पार्न पोखराका पर्यटन व्यवसायी एकजुट
neplays.com · Mon Sep 28 13:04:00 GMT 2026
यही असोज २४ गते पोखरामा आयोजना हुन लागेको तेस्रो पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन पोखराका पर्यटन व्यवसायी तथा पर्यटनसम्बद्ध संघसंस्था एकजुट भएका छन् । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा हुने प्रतियोगिताका विषयमा पोखराका पर्यटन व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाबीच भएको छलफलका सहभागीहरूले विपद्को विषम परिस्थितिमा पनि प्रतियोगितालाई निरन्तरता दिनु सकारात्मक भएको भन्दै आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष एवं प्रतियोगिता संयोजक दिननाथ बरालको अध्यक्षतामा भएको छलफलमा पोखरा पर्यटन परिषद्, होटल संघ पोखरा नेपाल, नाटा गण्डकी, टान गण्डकी, रेवान पोखरा, एनटिभीए, एगा पोखरा, ओटेफ गण्डकी, मुद्रा सटही संघ, टेवान गण्डकीलगायत पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)