उखरमाउलो गर्मी विपद् हो भन्ने पालिकाले बुझ्नुपर्छ
Ujyaaloonline.com · Fri May 17 23:13:46 UTC 2024

तराई मधेशका जिल्लामा फेरि गर्मी बढेको छ । वैशाखको अन्तिम हप्ता पानी परेपछि उखरमाउलो गर्मी घटेर राहत मिलेको तराई मधेशमा हिजो बिहीवारदेखि फेरि गर्मी बढेको हो । आज तराई मधेशका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्यो । बिहीवार पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा थियो ।
आजदेखि चार दिनसम्म तराई मधेशमा ताक्रमम बढेर तातो हावाको लहर अर्थात 'लू' चल्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखेरलले बताउनुभयो । दुई हप्ताभन्दा बढी समय उखरमाउलो गर्मी सहन बाध्य भएका तराई मधेशका बासिन्दा शीतल महसुस भएको दुई हप्ता नपुग्दै फेरि गर्मीका कारण आउने समस्या भोग्न बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)