विद्यालयमा विद्यार्थी नभए पनि ४ शिक्षक दैनिक आउँछन्, नियमित तलब खान्छन्
Ujyaaloonline.com · Fri May 17 23:13:20 UTC 2024

बाग्लुङ – बाग्लुङको जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वाेदय प्राथमिक विद्यालय विद्यार्थीविहीन छ । विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म पनि आठ जना विद्यार्थी थिए । अहिले एक जना पनि विद्यार्थी छैनन् ।
विद्यालयमा विद्यार्थी नभए पनि चार जना शिक्षक दैनिक आउँछन् । दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन् । विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)