अर्घाखाँचीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु
baahrakhari.com · Fri Jan 30 17:21:00 GMT 2026

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मालारानी गाउँपालिका–५ बस्ने ३२ वर्षीय उमेश खत्रीको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरक्षिक दिवस जिसीले जानकारी दिए । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको उनले बताए । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)