पोखरामा शनिबारदेखि साफ यू–१९ महिला च्याम्पियनसिप : घरेलु मैदानमा उपाधि जित्ने दाउ
ekantipur.com · Fri Jan 30 17:24:17 GMT 2026
पोखरा — पोखरा रंगशालामा शनिबारदेखि सुरु हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपका लागि सहभागी चारवटै राष्ट्रले आफ्नो तयारी पूरा गरिसकेका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको यो प्रतियोगिता सन् २०१९ मा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि पोखरा रंगशालामा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता रहनेछ । शुक्रबार पोखरामा आयोजित प्रि–म्याच कन्फेरेन्समा चारवटै टोलीका प्रशिक्षक र कप्तानले आफ्ना टिम प्रतियोगिताका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)