महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
annapurnapost.com · Mon Sep 28 13:24:51 GMT 2026

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२–आधारभुत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक तथा सार्वजानिक विद्यालयहरुमा आधारभूत शिक्षा तथा साक्षरता प्रबद्र्धन गर्ने उद्धेश्यका साथ रोटरी क्लबहरु मार्फत सञ्चालन गरिने विभिन्न शैक्षिक तथा पुर्वाधार विकास सम्बन्धी परियोजनाको लागि वित्तीय सहयोग उपलब्ध गराउने छ। उक्त सहयोग अन्तर्गत सामुदायिक तथा सार्वजानिक विद्यालयहरुमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी परियोजना सञ्चालन तथा कम्प्युटर ल्याब स्थपना लगायतका आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्दि«त परियोजनाहरुको लागि बैंकले सहकार्य गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)