काठमाडौं उपत्यकामा असोज १० देखि मेलम्चीको पानी
ekantipur.com · Sun Sep 15 17:02:23 UTC 2024
काठमाडौँ — काठमाडौं उपत्यकामा असोज १० देखि मेलम्चीको पानी वितरण गरिने भएको छ । बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गत असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो ।
उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको हो । असार १० अघिसम्म मेलम्चीबाट १७ करोड ल्याइएको थियो र अन्य स्रोतबाट समेत गरी करिब २३ करोड लिटर पानी वितरण हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)