निर्वाचन आयोग र राप्रपाबीच द्वन्द्व चर्कियो
reportersnepal.com · Sun Jan 23 16:27:52 GMT 2022
माघ ९, काठमाण्डौ । नेपालमा गणतन्त्र र धर्म निरपेक्ष स्थापना भइसकेपछि पनि राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संकट आइ लागेको छ । राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान हटाउन निर्देशन दिएको छ । तर राप्रपाले उक्त निर्देशनलाई चुनौति दिएको छ । जसले गर्दा । राप्रपा र निर्वाचन आयोगबीच द्धन्द्ध चर्किने भएको छ ।
निर्वाचन आयोगले यही माघ २ गते दुई पृष्ठ लामो एक पत्र पठाएर राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान हटाउन निर्देशन दिएको थियो । तर राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झण्डा लगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णय पूर्वाग्रही भएको ठहर गर्दै कानुनी र राजनीतिक उपचार खोज्ने साथै यसबारे उपयुक्त समयमा आयोगलाई जवाफ दिने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)