विभेदकारी नाम सच्याउँदै स्थानीय तह
nepalnews.com · Sun Jun 07 11:46:32 GMT 2026

बैतडी। बैतडीका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्ने गरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन्।
यस क्रममा पाटन नगरपालिका ५ मा रहेको डिम्यौडा टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिम्यौडा भन्ने गरिएकाले नाम परिवर्तन गरिएको वडाअध्यक्ष फुनिसिंह बोहोराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)