प्रकाशलाई 'मिस्टर काठमाडौं'को उपाधि
baahrakhari.com · Sun Sep 15 17:08:48 UTC 2024
काठमाडौं । फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौँ मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । विभिन्न पाँच तौल समूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् ।
प्रकाश पुरुष ७५ केजीमाथि तौल समूहमा पहिलो हुँदै मिस्टर काठमाडौं उपाधि होडमा प्रवेश गरेका थिए । प्रकाशले मिस्टर काठमाडौंका लागि एक लाख ५० हजार र आफ्नो स्पर्धामा पहिलो भएबापत छुट्टै १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)