टिप्ताला पुगे गाडी
ekantipur.com · Sat May 18 00:08:29 UTC 2024

ताप्लेजुङ — कोशी प्रदेशबाट ताप्लेजुङ हुँदै सवारीसाधन पहिलोपटक ५१ सय मिटर उचाइमा रहेको चीनको सिमाना टिप्ताला पुगेका छन् । दुई एक्स्काभेटर र एक जना ट्र्याक्टर चालक शुक्रबार दिउँसो द्विदेशीय सिमानामा पुगेका हुन् । ४४ करोडमा सडक निर्माणको जिम्मा पाएको एसबीए एलाइट कम्पनीले २०७४ फागुनदेखि काम थालेको थियो ।
निर्माण सुरु गरेको ६ वर्षपछि कम्पनीले ट्र्याक खोल्ने र मर्मतसमेत गरी ५७ किमि सडक निर्माणको काम पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)