ह्वाइट हाउसमा युरोपेली नेताहरूको जमघट
barnanmedia.com · Mon Aug 18 23:06:48 GMT 2025

युक्रेन-रूस युद्ध र त्यसमा अमेरिकाको भूमिकाबारे निर्णायक छलफल गर्न युरोपका प्रभावशाली नेताहरू ह्वाइट हाउसमा भेला हुन थालेका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच हुने भेटका लागि नेताहरू वासिङ्टन पुगिरहेका हुन्। आजको यो भेटलाई विशेष महत्त्व दिइएको छ।
यस अवसरमा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब सहभागी हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)