मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङको टिपताला नाकामा पहिलो पटक गाडी

Ujyaaloonline.com · Sat May 18 00:28:20 UTC 2024

ताप्लेजुङ – छिमेकी देश चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका ताप्लेजुङको टिपतालामा पहिलो पटक नेपालतर्फबाट गाडी पुगेका छन् । चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा हिजो एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो ।

टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्याक खोल्ने कार्य यसअघि नै सकिएको थियो । यो सडक निर्माणको ठेक्का पाएको एलाइट जेभी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्याक खोल्ने काम केही दिनअघि सकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)