मनु मन्जिलको सशुल्क एकल कविता वाचन सम्पन्न, ‘काव्य–श्रवण’ को शुभारम्भ
kalakarmi.com · Sun Jun 07 11:50:59 GMT 2026

काठमाडौं – गत शुक्रवार नेपालयस्थित कालिकास्थानको ‘आर’ शालामा कवि मनु मन्जिलको सशुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘काव्य–श्रवण’ नाम दिइएको यो कार्यक्रम अबदेखि हरेक अंग्रेजी महिनाको पहिलो शुक्रवार आरशालामा आयोजना हुनेछ । आरशालामा पलेँटी र पुस्तक कार्यक्रम गरिरहेको नेपालयले अब पोयट्री पनि थप गरेको छ ।
काव्य श्रवण कार्यक्रमका संयोजक कवि तथा आख्यानकार श्रवण मुकारुङका प्रश्नमा जवाफ दिँदै मनु मन्जिल कवितातिर अघि बढेका थिए । श्रवण मुकारुङले सुरुमै मनु मन्जिलको कविता यात्राको आरम्भ विन्दुबारे प्रश्न गरेका थिए । मनु मन्जिलले भने, ‘स्कुल पढ्दा लेखेको कविता कतै नछापिएपछि घरको ढोकामा गोबरले टाँसेँ । घर आउने कसैले प्रतिक्रिया दिनुभएन । तर, मेरो एक जना गुरुले आमालाई भन्नुभयो, आमा यो कान्छो त ठूलो कवि हुन्छ ।’ यसरी आफू कवि बन्ने बाटोमा लागेको कहानी मनु मन्जिलले सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)