असोज ८ गतेयता बाढीपहिरोबाट २७ जनाको मृत्यु, ४ जना सम्पर्कविहीन
kathmandupati.com · Mon Sep 28 14:59:53 GMT 2026

काठमाण्डु – असोज ८ गतेदेखि अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन भएका छन् ।
सरकारका अनुसार यस अवधिमा भएका ५१३ वटा मनसुनजन्य घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन् । ती घटनामा २२५ घर पूर्णरूपमा र १३७ घर आंशिकरूपमा क्षतिग्रस्त भएका छन् । घटनामा २७ गोठ तथा ११४ पशुचौपायामा समेत क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)