एउटा कुकुरकाे कथा हाचिकाे
farakdhar.com · Fri Jul 30 19:19:41 GMT 2021
यो कथा हाचीको नाम गरको एक कुकुरको हो, जसको इमान्दारीतको कथा आज पनि सुनिन्छ । हाचीकोलाई टोक्यो युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनोले पालेका थिए । यी दुईबीच यति घनिष्ठता थियो कि, कुकुर आफ्ना मालिकलाई छोड्न र लिन स्टेशनसम्म पुग्ने गर्थ्याे । यतिमात्रै होइन, जब उसको मालिकको मृत्यु भयो कुकुरले आफ्नो पूरा उमेर मालिकको पर्खाइमा बिताइदियो । यो इमानदारीता चलिरहँदा शिबुआ ट्रेन स्टेशनमा कुकुरको शालिक बनाइएको छ । यो जापानको कुनै राष्ट्रिय हिरोभन्दा कम छैन ।
टोकियाे युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनो लामो समयदेखि जापानको अकिता कुकुरको नश्ल अन्तर्गत एक कुकुर खोजिरहेका थिए । त्यही समयमा उनका एक विद्यार्थीले एजाबुरोलाई अकिता प्रान्तको ओदेत शहरबाट हाचीको नामको एक कुकुरलाई ग्रहण गर्ने सल्लाह दिएका थिए । एजाबुरो हाचीकोलाई घर लिएर आए । केही दिनमा नै यी दुई घनिष्ठ साथी बने ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)