देश गम्भीर संकटतिर धकेलियो : भीष्मराज आङदेम्बे
annapurnapost.com · Mon Sep 28 15:01:16 GMT 2026

पाँचथर : प्रमुख प्रतिपक्षी नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको अपारदर्शी र अराजक कार्यशैलीका कारण देश गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका छन्।
पाँचथरमा आयोजित नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै आङदेम्बेले सरकार लोकतन्त्रका सामान्य मूल्य, विधि र प्रक्रियाप्रति समेत गम्भीर नदेखिएको आरोप लगाए। उनका अनुसार राज्यका निकाय स्थापित कानुन र प्रक्रियाअनुसार चल्नुपर्ने भए पनि वर्तमान सरकार त्यसविपरीत अघि बढिरहेको छ। सरकारका गतिविधि पारदर्शी नहुँदा नागरिकमा आशंका र निराशा बढ्दै गएको उनले बताए। ‘सरकार आफ्ना कुनै पनि क्रियाकलापलाई पारदर्शी बनाउन चाहँदैन,’ आङदेम्बेले भने, ‘पारदर्शिता र विधिको शासन कमजोर हुँदै गयो भने देश गम्भीर संकटतर्फ जान्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)