वाग्मतीसहित पाँचवटा प्रदेशमा बुधबारबाट वर्षा सुरु हुने
baahrakhari.com · Mon Feb 12 00:33:46 GMT 2024
काठमाडौं । पश्चिमी वायु बुधबारबाट केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहनेछ ।
“बुधबार देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ,” मौसमविद्, राजु प्रधानाङ बाह्रखरीसँग भन्छन्, “यद्यपि, ठूलो वर्षा हुने छैन । सामान्यदेखि हल्का वर्षा मात्रै हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)