रविमाथि भीम रावलको टिप्पणी- मुद्दा झेलिरहेको व्यक्ति गृहमन्त्री बन्नु नैतिकता विपरीत
makalukhabar.com · Sun Jan 08 00:23:15 GMT 2023
काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् । सामाजिक सञ्जालमार्फत रावलले राजनीतिक नैतिकता गुमेको व्यक्तिबाट कानूनको सम्मान नहुने बताएका छन् ।
उनले अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्नु सुशासनका लागि व्यङ्ग्य रहेको समेत उल्लेख गरे । उनले लेखेका छन्, ‘विदेशी नागरिकता लिएर मुग्लान पसेको र सँगै कानून विपरीत नेपालको नागरिकता पनि कायमै राखेको भन्ने विषयमा अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्ने, बनाउनेले सुशासनका कुरा गर्नु आफैमा व्यङ्ग्य हो । राजनीतिक नैतिकता गुमेको अवस्थामा कानूनको सम्मान हुने कुरा टाढाको विषय हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)