पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति सर्वोच्च अदालतको ध्यानाकर्षण
annapurnapost.com · Mon Sep 28 15:31:08 GMT 2026

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पक्राउ गरिएकोप्रति सर्वोच्च अदालतले ध्यानाकर्षण भएको जनाएको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतले जबरालाई मध्यरातमा घरबाट पक्राउ गरेर १० घण्टा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले नेपाल प्रहरीका अधिकृतहरूले मध्यरातमा पूर्वप्रधानन्यायाधीश जबरालाई घरमा सुतिरहेको अवस्थामा उठाएर टेकु लगेको र करिब १० घण्टापछि परिवारको जिम्मा लगाएको घटनालाई गम्भीर विषयका रूपमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)