नेपाल थ्रि नेशन्स कपको फाइनलमा, यस्तो थियो खेल
saralpatrika.com · Sat Mar 27 16:25:00 GMT 2021
काठमाडौं । नेपाल थ्रि नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा बंगालेदशसँग गोल रहित बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान बनाएको हो । तर नेपाल गोलको खडेरी तोड्न भने असफल भयो ।
दशथर रंगशालामा भएको खेलमा नेपाल वल पोसेसनमा अघि थियो । तर गोल गर्न भने सकेन । २१ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विस्टको हेडर पोस्ट माथिबाट बाहिरियो । २४ औं मिनेटमा त्रिदेव आफैं चुके । पहिलो हाफमा बंगलादेशले पनि नेपालको पोस्टमा आक्रमण गरेको थियो । ४० औं मिनेटमा जमल भुयाको फ्रि किक पोस्ट नजिकैबाट बाहिरिएपछि बंगलादेश अग्रता लिने मौकाबाट बञ्चित भयो । ६५ औं मिनेटमा रंजित धिमालको क्रसमा अभिषेक रिजालको हेडरले पोस्टको दिशा लिन सकेन । ८२ औं मिनेटमा दर्शन गुरुङको प्रहार क्रस बारमा लागेपछि नेपाल गोल रहित बराबरी खेल्न बाध्य भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)