मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभर १० हजार चार्जिङ स्टेसन बनाउन सुझाव

nepalnews.com · Sun Jun 07 12:01:38 GMT 2026

काठमाडौँ। पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (ईभी) को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ। मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो।

सन् २०३० सम्म उक्त सङ्ख्यामा चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। हाल देशभर एक हजार चार्जिङ स्टेसन सञ्चालनमा छन्। अधिकांश स्टेसन विद्युतीय सवारीसाधनका आधिकारिक विक्रेताले सञ्चालन गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)