सार्वजनिक गौचरन व्यक्तिको नाममा दर्ता प्रकरण
rajdhanidaily.com · Sat Mar 01 23:09:13 GMT 2025

काठमाडौं । काठमाडौंको ठमेल (२९) मा रहेको बज्रधातु चैत्य रहेको सार्वजनिक जग्गा रोक्का गर्न उच्च अदालतले आदेश जारी गरेको छ । सार्वजनिक जग्गालाई गुठीको जग्गाको नाममा छोटपत्र कायम गरेर व्यक्तिको नाममा पुगेको भन्दै स्थानीय अभियन्ताहरूले निर्णय दर्ता बदर गरी सार्वजनिक कायम गर्न माग गर्दै उच्च अदालत, पाटनमा रिट निवेदन दिएका थिए ।
उच्च अदालतका न्यायाधीश श्यामकुमार भट्टराई र न्यायाधीश हेमन्त रावलको संयुक्त इजलासले सार्वजनिक पर्ति कायम भएको सो जग्गालाई रोक्का राख्न आदेश दिएको हो । उच्च अदालतले यसअघि काठमाडौं जिल्ला अदालतले २५ वैशाख २०८१ मा सार्वजनिक पर्ती जग्गा रोक्का राख्न नमिल्ने भनी गरेको आदेश बदर गरिदिएको हो । ‘हाल सो जग्गा सार्वजनिक उपयोगमा रहेको भनी दाबी परेको सन्दर्भमा प्रस्तुत मुद्दा अन्तिम किनारा नलागेसम्म मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राखी दिएको छ,’ आदेशमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)