कसरी बच्ने डेङ्गुबाट ? हालसम्म २४ जनाको निधन, मुस्ताङ र हुम्ला बाहेक ७५ जिल्लामा फैलियो
nepalghatana.com · Wed Sep 21 17:39:14 GMT 2022
२०६१ सालमा पहिलो पटक चितवनमा देखा परेको डेंगु संक्रमण मुस्ताङ र हुम्ला बाहेक हाल ७५ जिल्लामा फैलिएको छ । डेंगु संक्रमणबाट हालसम्म २४ जनाको निधन भइसकेको छ । त्यसैले डेंगु संक्रमितले विशेष ध्यान दिनुपर्ने चिकित्सकले सुझाएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याकं हेर्ने हो भने मंगलबारसम्म १९ हजार २३ जनामा डेंगु संक्रमण भएको छ । डेंगुकै कारण अहिलेसम्म २४ जनाको निधन भैसकेको छ । डेंगु संक्रमण भएर जटिल अवस्थामा रहेका व्यक्तिको निधन भएको हो । जटिल समस्या भएका संक्रमितको लक्षण कस्तो हुन्छ त ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)