फिफाबाट एन्फा निलम्बित
gorkhapatraonline.com · Thu Jun 25 23:41:01 GMT 2026
विश्व नै अहिले विश्वकप फुटबल प्रतियोगितामा रमाइरहेका बेला नेपाली फुटबलले निराशपूर्ण समाचार सुन्नु परेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्बन गरेपछि बिहीबार नेपाली खेलकुदका लागि खराब दिन बनेको हो ।
फिफाले फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भन्दै नेपालमाथि अन्तर्राष्ट्रिय फुटबलका लागि प्रतिबन्ध लगाएको हो । फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरिएको हो । यद्यपि फिफाले अर्को कङ्ग्रेस बस्नुअघि आफ्नो काउन्सिल ब्युरो वा फिफा काउन्सिलले कुनै पनि समयमा यो निलम्बन फुकुवा गर्न सक्ने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)