राष्ट्रसंघ महासभामा किन गएनन् परराष्ट्रमन्त्री ?
ekantipur.com · Fri Sep 23 16:41:29 GMT 2022
काठमाडौँ — अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघ (यूएन) को ७७ औं महासभा चलिरहेको छ । संसारभरका अधिकांश मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्रीहरू न्युयोर्कमा भेटवार्ता, संवाद र छलफलमा व्यस्त छन् । उनीहरूले आ–आफ्नो देशका तर्फबाट महासभाको उच्चस्तरीय सत्रमा गएर सम्बोधन पनि गरिरहेका छन् ।
महासभामा नेपालबाट भने यस पटक प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहभागी छैनन् । परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा महासभामा प्रतिनिधिमण्डल पठाइएको छ । गत वर्षको ७६ औं महासभामा भने परराष्ट्रमन्त्री नारायण खड्का सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)