इजरायली सेनाको गोलीबारीमा ७ महिनाका बालकको मृत्यु, आमाबुबा घाइते
gorkhapatraonline.com · Sun Jun 07 12:04:51 GMT 2026

इजरायलको सैन्य नियन्त्रणमा रहेको प्यालेस्टिनी भूभाग पश्चिमी किनाराको हेब्रोन क्षेत्र नजिक इजरायली सेनाले एक सवारी साधनमाथि गोली चलाउँदा सात महिनाका एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् । घटनाबारे प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।