एसियन खेलकुद छनोटः क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने
nagariknews.nagariknetwork.com · Sun Jun 07 12:01:42 GMT 2026

एसियन खेलकुद छनोटअन्तर्गत पुरुष क्रिकेटको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुने भएको छ।
दोस्रो सेमिफाइनलमा आइतबार मलेसियालाई ६ विकेटले हराएसँगै हङकङले नेपालसँगको भेट पक्का गरेको हो। उपाधि भिडन्त सोमबार नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ। सोमबार नै तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच खेल हुनेछ। ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
टी-२० विश्वकप