अमेरिकाका प्रतिष्ठित ठाउँमा मनाइँदै अन्तर्राष्ट्रिय योग दिवस
himalpress.com · Sun Jun 07 12:07:47 GMT 2026

काठमाडौँ- अमेरिकाको वासिङ्टनस्थित लिंकन मेमोरियल, न्युयोर्कको टाइम्स स्क्वायर र सिकागोको नेवी पियरलगायत विभिन्न प्रतिष्ठित स्थानहरूमा १२औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा कार्यक्रम आयोजना गरिने भएका छन्।
सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स उद्योगको प्रमुख केन्द्र मानिने ओरेगनको हिल्सबोरोमा पनि योगप्रेमीहरूले योग अभ्यास गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै दक्षिण क्यालिफोर्नियाको इरविनस्थित श्रीनाथजी हबेली मन्दिरमा पनि योग कार्यक्रम आयोजना गरिनेछ। उक्त मन्दिर आफ्नो आकर्षक वास्तुकला र शान्त वातावरणका लागि प्रसिद्ध छ।
अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा मनाइँदै आएको छ।
यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ रहेको छ, जसले दीर्घायु, शारीरिक सक्रियता र रोग–निवारण स्वास्थ्य सेवामा योगको भूमिकालाई जोड दिन्छ।
संयुक्त राष्ट्रसंघको महासभाले ११ डिसेम्बर २०१४ मा प्रस्ताव पारित गर्दै जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेको थियो।
पहिलो अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ को जुन २१ मा मनाइएको थियो। त्यसयता प्रत्येक वर्ष विश्वभर लाखौँ मानिसहरूले यो दिवस उत्साहपूर्वक मनाउँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)