एमाले नेता तथा पूर्वसांसद मंगल गुप्ताको निधन
nepalpress.com · Sun Jun 07 12:04:08 GMT 2026

रूपन्देही । कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद तथा नेकपा (एमाले) नेता मङ्गलप्रसाद गुप्ताको निधन भएको छ। भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको एमाले कपिलवस्तु जिल्ला सचिव सिबि गहतराजले जनकारी दिए ।
८० वर्ष नाघेका गुप्ता लामो समयदेखि राजनीतिक जीवनमा सक्रिय थिए । उनी २०३९ सालदेखि नै संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)