राज्यले दिएको सुरक्षासहित निवासमा रहेका जबरामाथि उचित व्यवहार भएन : न्यायाधीश समाज
nagariknews.nagariknetwork.com · Mon Sep 28 16:50:05 GMT 2026

न्यायाधीश समाज, नेपालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतराको कारण देखाएर प्रहरी नियन्त्रणमा लिइएकोप्रति आपत्ति जनाएको छ।
समाजले सोमबार एक विज्ञप्तिमार्फत सुरक्षा खतरा भए निवासमै थप सुरक्षाकर्मी खटाउन वा सम्बन्धित व्यक्तिले रोजेको स्थानमा सुरक्षासहित राख्न सकिने बताएको हो। जबरा राज्यले उपलब्ध गराएको सुरक्षासहित आफ्नै निवासमा रहेको अवस्थामा उनलाई जबरजस्ती प्रहरी कार्यालय, त्यो पनि अपराध अनुसन्धान कार्यालयमा ल्याउनु विधिसम्मत र युक्तिसंगत नभएको समाजले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)