तातो हावाबाट कसरी बच्ने ?
ratopati.com · Sun Jun 07 12:10:36 GMT 2026

काठमाडौँ । गर्मी मौसममा तापक्रम वृद्धि भइरहेको छ।मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केहि स्थानमा तापक्रम वृद्धि भइरहेको छ । तातो हावाबाट जोगिनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार तातो हावा वा ‘लू’ का कारण मुटुको धड्कन बेस्सरी बढ्ने, रक्तचाप कम हुने, टाउको बेस्सरी दुख्ने, रिँगटा लाग्ने, ज्वरो आउने, बेहोस हुने जस्ता लक्षण देखिन सक्छन् ।
यसलाई बेवास्ता गरे ज्यानै समेत जान सक्ने भन्दै सचेत गराइएकाे छ ।
‘लू’ लागेको व्यक्तिलाई शीतल ठाउँमा राख्नुपर्ने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने, बिरामी होसमा भएमा पानी, जीवनजल वा झोलिलो खानेकुरा दिनुपर्ने विज्ञहरूको सुझाव छ। तर, कफी, चिनीको मात्रा धेरै भएको चिसो पेय पदार्थ, बियर, जाँडरक्सी सेवन नगर्न गृह मन्त्रालयले सचेत गराएको छ।
पङ्खा हम्कने, भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने, बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजान प्राधिकरणले सुझाव दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मौसम