८ गोलको थ्रिलरमा क्रोएसियालाई हराउँदै स्पेन क्वार्टरफाइनलमा
ratopati.com
स्पेन यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै रोमाञ्चक खेलमा क्रोएसियलाई ५–३ गोलले हराउँदै स्पेनले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । युरो कपको इतिहासमा एकै खेलमा भएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् १९६० मा फ्रान्स र युगोस्लाभियाबीचको एकै खेलमा ९ गोल भएको थियो ।
खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । क्रोएसियामाथि स्पेनले सुरुदेखि दबाब बनाइरहेका बेला पेड्रीको ब्याकपासलाई गोलकिपरले नियन्त्रण गर्न नसक्दा स्पेनले आत्मघाती गोल गर्न पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)