गुल्मीका अवरुद्ध सडकहरू खुलाउने प्रयास तीव्र
gorkhapatraonline.com · Mon Sep 28 17:50:23 GMT 2026

भारी वर्षाका कारण गुल्मी जिल्लाका विभिन्न सडक खण्डहरुमा खसेको पहिरो हटाई यातायात सुचारु गर्ने कामलाई तीव्र पारिएको छ। यस जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक खण्डको गेदी खोलामा बिग्रिएको बाटो जेसीबीको प्रयोग गरी खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) भिमकिरण बोगटीले जानकारी दिनुभयो।
प्रहरी उपरीक्षक (एसपी) बोगटीका अनुसार कालीगण्डकी कोरिडोरको गुल्मीतर्फको सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो, ठूला ढुङ्गा तथा भासिएको सडक पन्छाएर यातायात सञ्चालनमा ल्याउन एक्साभेटर प्रयोग गरी काम भइरहेको छ। रिडी–तम्घास सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो तथा ढुङ्गा–माटो हटाएर सडक सुचारु गरिएको छ। रुरु क्षेत्र गाउँपालिका वडा नम्बर–३ स्थित खन्यारुखमा खसेको पहिरो पन्छाउन एक्साभेटरले काम गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)