दुई अर्बको मात्रै ठेक्का तोडेका छौं निर्माण व्यवसायी आत्तिनु पर्दैन : सचिव शर्मा
ekantipur.com · Tue Dec 09 17:10:19 GMT 2025

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा एकीकृत खरिद ऐन नै बनाएर गल्ती गरियो कि भनेर अभिव्यक्ति दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘आजको दिनसम्म पनि भारतमा खरिद ऐन छैन । किनकि, क्षेत्रअनुसार आफ्नै आफ्नै समस्या र विशेषता हुन्छन् । त्यसको लागि ऐन पनि छुट्टा छुट्टै हुन्छ,’ शर्माले भने, ‘डटपेन र जहाज किन्ने ऐन एउटै भयो भने समस्या हुन्छ । त्यसैले भारतमा खरिद ऐन छैन । ठेक्का सम्झौतामै धेरै कुराहरु सम्बोधन गरिन्छ । ऐनबाट हुँदैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)