विदेश पठाउने नाममा ९४ लाख ठगी गर्ने दुई जना पक्राउ
gorkhapatraonline.com · Mon Sep 28 18:11:59 GMT 2026

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु ९४ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्वा तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खतिवडाले स्लोभानिया र माल्दिभ्स पठाइदिने भन्दै २५ जनाबाट रु ८५ लाख ठगी गरेको आरोप लागेको छ । रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए । त्यस्तै, तामाङले जापान पठाइदिने भन्दै एक जनाबाट रु नौ लाख लिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)