विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता
barnanmedia.com · Sun Sep 15 21:41:44 UTC 2024

काठमाडौंमा आइतबार साँझ भारी वर्षाका कारण उपत्यकाका नदीनालाहरूमा एकाएक पानीको सतह बढ्यो। बागमती, विष्णुमती र धोबीखोलाका दायाँबायाँका सडकसम्मै बाढी पुग्यो।
यसैबीच विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन्। राति पौने ९ बजे टोखा नगरपालिका-८, रमणबस्तीस्थित विष्णुमती पुलबाट चिप्लिएर लमजुङका ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका हुन्। पुलबाट चिप्लिएर खसेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)