मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेटमणि चौधरीले क्षमा माग्दै पार्टीलाई बुझाए स्पष्टीकरण

barnanmedia.com · Sun Sep 15 21:49:32 UTC 2024

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीबारे दिएको विवादित अभिव्यक्तिको पार्टीलाई स्पष्टीकरण दिएका छन् ।

पार्टी महासचिव घनश्याम भूसालले चौधरीलाई २७ भदौमा तीन दिनभित्र लिखित स्पष्टीकरण सोधेका थिए । आइतबार स्पष्टीकरण बुझाउँदै चौधरीले बोल्ने क्रममा आफ्नो जिब्रो चिप्लिएको उल्लेख गरेका छन् । ‘मेरो आशय त्यस्तो होइन । म आफै रहेर संसदबाट पारित भएको चुच्चे नक्साविरुद्ध उभिने कुरै भएन, त्रुटि भएको भए क्षमयाचना चाहन्छु । म अखण्ड नेपालको पक्षमा छु र रहन्छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)