मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किन पाइँदैनन् सर्वोत्कृष्ट कर्मचारी ?

annapurnapost.com · Sat Sep 09 00:42:57 GMT 2023

काठमाडौं : एक लाखभन्दा बढी कर्मचारी रहेको निजामती सेवामा यसपालि कोही पनि सर्वोकृष्टमा छनोट भएनन्। २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले यो पुरस्कार पाएका थिए। त्यसयता सरकारले सर्वोत्कृष्ट पुरस्कार दिने कर्मचारी नै भेटेको छैन।

प्रत्येक वर्ष सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने व्यवस्था छ। यो वर्ष सर्वोत्कृष्टबाहेक ४० जनालाई मात्र पुरस्कार दिइयो। सर्वोत्कृष्टलाई २ लाख, उत्कृष्टलाई १ लाख र निजामती सेवा पुरस्कारबापत ५० हजार रुपैयाँ दिइन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)